TagaroNews
मनाङ एयर हेलिकप्टर दुर्घटनाः क्याप्टेनसहित ६ जनाकै मृत्यु
दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर

काठमाडौँ - सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । आज मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको  हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।

दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका  कारण  शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए । उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका–५ मै अवतरण गराइएको छ । 

बिहान सोलुखुम्बुको सुर्केबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको हेलिकप्टर सोलुको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त प्रहरीले जनाएको छ ।

यता तेन्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको हो । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update