TagaroNews
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
फाइल तस्वीर ।

काठमाडौं  - मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update