TagaroNews
विश्वकपमा आजदेखि क्वार्टरफाइनल खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार)  क्वार्टरफाइनलका दुई खेल हुँदै छन् ।  अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । 

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । 

अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३–१ ले पराजित गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update