TagaroNews
एसईईको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ ।

बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए । 

नेपाल टेलिकमले यस पटक पनि SEE परीक्षाको परीक्षाफल सजिलो, छिटो अनि विश्वसनीय रुपमा वेभसाइटमा https://see.ntc.net.np मा, टेलिफोनमा 1600 मा फोन गरेर, सिम्बोल नं. टाइप गरी 1600 मा SMS पठाएर वा *1600# डायल गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update