TagaroNews
एसइई परीक्षा नतिजा आज 

काठमाडौं- कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको छ।

२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन सम्भवतः बैठक पछि सार्वजनिक गरिनेछ। विद्यार्थीले कक्षा १० पास गरेपछि प्रशासनिक क्षेत्र र क्याम्पस जिवन शुरु हुन्छ तर अहिले सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहमा राखेको छ ।

कक्षा १० को परीक्षालाई पनि महत्वका साथ हेरिदै आएको छ । यसअघि कक्षा १० को परीक्षालाई आइरन गेट पनि भन्ने गरिन्थ्यो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update