TagaroNews
झाडापखलाले लमजुङमा ६ बर्षिय वालकको ज्यान लियो
झाडापखालाबाट मृत्यु भएका ६ बर्षिय सन्दिप परियार ।

बेसीशहर - झाडापखलाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दिप विकको झाडापखलाबाट मृत्यु भएको हो । 

बालकलाई सोमबारदेखि झाडापखला लागेको उनकी आमा सिमा विकले जानकारी दिईन् । विरामी बालकलाई मंगलबार विहानै उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताईन् । 

'बाबू हिजोदेखि झाडापखलाले विरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाईएन, सिमाले भनिन, विहान औषधी गर्न ल्याउँदा ल्याँदै काखैमा वित्यो ।'

वालकको शव आफन्त र प्रहरीको रोहवरमा सनाखत गरी परिवारलाई नै बुझाइएको खुदी प्रहरी चौकीका प्रमुख सई प्रेम प्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update