TagaroNews
लमजुङमा ङादी ग्रुप पावरले हकप्रद सेयर निष्कासन गर्दै 

बेसीशहर – उत्तरी लमजुङको सिउरी खोलामा ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १७ गते (आइतबार) बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

संचालित आयोजनाको मर्मत संभार गर्न, आयोजनामा लगानी गर्न तथा लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आयोजनाको सञ्चालित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकाले सो का लागि हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । 

कम्पनीले विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड र साधरण सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कास गर्नेछ । कम्पनीको ४.९५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाले २०६९ साल असोज ३० गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update