TagaroNews
विश्वकप छनोट: नेपालको प्रारम्भिक टोली घोषणा, को-को परे ?

काठमाडौं  - फिफा विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

भारतमा हालै भएको साफ च्याम्पियनसिप खेलेका ६ जना यो प्रारम्भिक टोलीम परेका छैनन् । पुजन उपरकोटी, विशाल श्रेष्ठ, मणि लामा, नविन लामा, निशान खडका र दिपक राज सिंह ठकुरी बाहिरिएका छन् । नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस्तो छ नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, अभिषेक बराल

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक बिस्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाङ्गी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update