TagaroNews
६०५ ग्राम गाँजा बोकेर हिडेका युवक लमजुङ प्रहरीको फन्दामा

बेसीशहर - लमजुङ प्रहरीले ६०५ ग्राम लागू औषध (गाँजा) सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गापा–६ का २६ बर्षिय अमर गुरुङ रहेका छन् । उनलाई शुक्रबार दिउँसो २ बजे गाँजा बोकेर हिडिरहेको अवस्थामा सुन्दरबजार नपा–९ भोटेवडारबाट पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । 

गुरुङलाई आईतबार जिल्ला अदालत लमजुङबाट लागू औषध सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार ६ महिनादेखी २ बर्षसम्म कैद र दुई हजार देखी दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको प्रहरी निरिक्षक जगदिश रेग्मीले बताए । 


युवकको साथबाट बरामद गरिएको गाँजा ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update