TagaroNews
तनहुँमा दुर्घटनाः लमजुङका गुरुङको घट्नास्थलमै मृत्यु 

तनहुँ – तनहुँमा सवारी दुर्घटना हुँदा लमजुङका एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । आँबुखैरेनी गापा–२ एक्लेफाँटमा बुधबार ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा पछाडी सवार लमजुङको सुन्दरबजार नपा-९ बस्ने  ५८ बर्षिय  चन्द्रबहादुर गुरुङको घट्नास्थलमै मृत्यु भएको हो । 

पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत मुग्लिनबाट लमजुङतर्फ आउँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकलले पछाडिबाट ओभरटेक गर्ने क्रममा ट्रकमा ठोकिन जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

मोटरसाइकल चालक आँबुखैरेनी- २ मार्कीचोक घरभई हाल काठमाण्डौं बुढानिलकण्ठ नपा–३ बस्ने ५५ बर्षका राजु गुरुङ घाइते भएका छन् । उनको दायाँ खुट्टा र हातमा चोट लागेको छ । आँबुखैरेनी अस्पतालमा उपचारमा रहेका उनी खतरामुक्त रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update