TagaroNews
लमजुङका होटलमा अनैतिक क्रियाकलापमा संलग्न सञ्चालक सहित ५ युवती पक्राउ
फाइल तस्बिर

बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहर स्थित विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेसीशहर नपा - ८  स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट संचालक सहित युवतीहरु पक्राउ परेका हुन । 

होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आईतबार गरेको सर्च अपरेशनका क्रममा ५ जना युवतीलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

युवती र होटल संचालक महिलाहरुले खाजा खान आउने ग्राहकहरुसँग वार्गेनिङ गरि अनैतिक क्रियाकलाप गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवतीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

पक्राउ परेका होटल संचालक र युवतीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update