TagaroNews
लमजुङका सर्वसाधारणका लागि ५ लाख कित्ता सेयर जारी गर्दै अप्पर स्याङ्गे हाइड्रो

बेसीशहर - अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडले असार १० गते आइतबार देखी साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

प्रभावित स्थानीय र वैदेशिक रोजारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको कम्पनीले  जनाएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।  सर्वसाधारणले छिटोमा असार १३ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको लमजुङमा २.४ मेगावाको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माणाधीन छ ।
यो पनि...

लमजुङका सर्वसाधारणलाई अप्पर स्याङ्गेको सेयर खुल्यो, जेठ १६ सम्म आवेदन

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update