TagaroNews
लमजुङ - जुवा खालबाट जनप्रतिनिधि, सरकारी शिक्षक र स्वास्थ्यकर्मी पक्राउ

बेसीशहर – लमजुङमा जुवा खालबाट पक्राउ पर्नेमा जनप्रतिनिधि, सरकारी शिक्षक देखी स्वास्थ्यकर्मीसम्म रहेका छन् । लमजुङ प्रहरीले दोर्दी गापा –४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार ७ जना जुवाडेलाई पक्राउ गरेको हो । 

जिप्रकाबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा (तास) खेल्दै गरेका ७ जना जुवाडे सहित नगद १ लाख १ हजार ६ सय २५ रुपैँया र १ सय ५२ पत्ति तास बरामद गरेको हो ।

जुवा खालबाट पक्राउ परेका मध्ये लिल बहादुर गुरुङ सोहि वडा (वडा नं. ४) का जननिर्वाचित वडा सदस्य हुन् । यस्तै अर्को प्रेम कुमार राना सोहि वडामा रहेको नौथर स्वास्थ्य इकाईका प्रमुख हुन् । यस्तै राम अधिकारी दोर्दी – ६ मा रहेको ढोडेनी आधारभुत विद्यालयका स्थायी शिक्षक हुन् । उनी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको नातामा भाई पर्ने समेत एक स्थानीयले बताए । 

पक्राउ पर्ने अन्यमा स्थानीय निल बहादुर गुरुङ, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् ।  उनीहरुले मोवाईल बैँकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार आज जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढ्नेछ । 

मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने, खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने गरी बरामदी रकम समेत जफत हुने र दोस्रो पटक जुवा खेल्ने, खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

यो पनि.....

लमजुङको दोर्दी शेराबाट ७ जुवाडे पक्राउ
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update