TagaroNews
लमजुङे चेली फुटबलकी स्ट्राइकर सावित्राले युरोपेली लिग खेल्ने

बेसीशहर – लमजुङे चेली नेपाली फुटबलकी स्टार स्ट्राइकर सावित्रा भण्डारी अर्थात् साम्बाले युरोपेली लिग खेल्ने भएकी छन् ।

उनी इजरायल शीर्ष डिभिजन लिग इजरेली प्रिमियर लिग खेल्ने क्लब हापोएल रानाना एफसीमा अनुबन्ध भएकी हुन् । मंगलबार नै क्लबले सामाजिक सन्जालमा सावित्रालाई अनुबन्ध गरेको तस्बिर राखेको थियो । मध्य पूर्वी राष्ट्र इजरायलमा आयोजना हुने इजरेली प्रिमियर लिग युरोपेली फुटबल महासंघ युएफा मातहतको हो ।

लिग विजेता टोलीले युरोपेली प्रतिस्पर्धा खेल्दै आएका छन् । उनी एसियाली लिगभन्दा बाहिर खेल्ने नेपालकै पहिलो खेलाडी हुन् । यसअघि उनी भारतीय लिगमा गोकुलम केरेला एफसीबाट खेल्दै आएकी थिइन् ।

उनले भारतमा दुई फरक क्लब गोकुलम र सेतु एफसीबाट लिग जितेकी छन् । गत सिजन उनकै महत्त्वपूर्ण भूमिकाले गोकुलम एफसीले लिग जितेको थियो । उनले १० खेलमा २९ गोल गरेकी थिइन् । राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता उनले ४२ अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरेकी छन् ।


 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update