TagaroNews
लमजुङको दोर्दी शेराबाट ७ जुवाडे पक्राउ

बेसीशहर - लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा–४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैँया नगद सहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा (तास) खेल्दै गरेका ७ जना जुवाडे सहित सो नगद र १ सय ५२ पत्ति तास बरामद गरेको हो ।

पक्राउ पर्नेमा दोर्दी गापाकै लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुले मोवाईल बैँकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढ्नेछ । 

मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने, खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने गरी बरामदी रकम समेत जफत हुने र दोस्रो पटक जुवा खेल्ने, खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update