TagaroNews
समाचारको प्रभाव : हटाईयो यातायात शाखाबाट इन्स्योरेन्सका बिचौलीया
यातायात शाखा कार्यालय लमजुङ ।

बेसीशहर- लमजुङको यातयात शाखा कार्यायल भित्र रहदै आएका इन्स्योरेन्सका विचौलीयलाई हटाइएको छ । जेठ २१ आइतबार ‘यातयात कार्यालय भित्रै बस्छन् इन्स्योरेन्सका बिचौलीया’ शिर्षकको समाचार तगारो न्युजमा प्रकाशित भएपछि सोमबार कार्यालयले एक सूचना निकाल्दै हटाउन अनुरोध गरेको हो । 

कार्यालयले निकालेको सूचना । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पूर्वधार विकास कार्यालय लमजुङको हाताभित्रै कुर्ची टेवल नै राखेर केही इन्स्योरेन्सका कर्मचारी कार्ड भिरेरै बिचौलीया ढंगले बस्दै आएका थिए । कार्यालयको अनुरोधलाई वेवास्था गरेमा कानुन बमोजिम कारवाही हुने सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार...

लमजुङ : यातयात कार्यालय भित्रै बस्छन् इन्स्योरेन्सका बिचौलीया

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update