TagaroNews
लमजुङ : यातयात कार्यालय भित्रै बस्छन् इन्स्योरेन्सका बिचौलीया
यातायात शाखा कार्यालय हाताभित्र कुर्ची टेवल सहित इन्स्योरेन्सका कर्मचारी ।

बेसीशहर– कुनै पनि सरकारी कार्यालय भित्र विचौलिया प्रवेश निषेध छ तर, लमजुङको यातायात शाखा कार्यालयमा भने कार्यालय हाताभित्रै इन्स्योरेन्सका कर्मचारी बिचौलिया ढंगले बस्ने गरेका छन् । कार्यालय भित्रै कुर्ची टेवल नै राखेर इन्स्योरेन्सका कर्मचारी परिचय कार्ड भिरेर खुल्लेयाम बस्दा पनि सम्बन्धित निकायले नदेखे झैँ गर्छन् । 

बेसीशहर नपा १० बाट आएका एक सेवाग्राहीले भने, 'कार्यालयमा जाने वित्तिकै यातायात कार्यालयको कर्मचारीले भन्दा अगाडी ति इन्स्योरेन्सका विचौलियाले सोध्छन्, के कामले आउनु भयो ? आफनो काम अनुसारको सेवाग्राहीले जवाफ दिएपछि विचौलियाले फेरी प्रश्न गर्छन् फर्म भर्नुभयो ? इन्स्योरेन्स हाम्रोमा गर्नु ? यति धैरे प्रश्न गर्दा सम्म पनि यातायातका कर्मचारीले केही भन्दैनन् । उल्टो फर्म र इन्स्योरेन्स त्यो टेबलमा गरेर आउनु भन्ने ढाकछोपपूर्ण जवाफ दिने गरेका छन् ।' 

यस्तो क्रम दैनिक चल्ने गरेको छ । कार्यालय हाताभित्रै यसरी बस्नेमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका कर्मचारी हुन् । 

यसबारे कार्यालय प्रमुख राम प्रसाद तिवारीसँग बुझदा उनले गैरजिम्मेवारी पूर्ण जवाफ दिँदै भने, ‘म यातायात कार्यालय पोखरामा पनि बसेर आएको हो, त्यहाँ पनि त्यस्तै थियो, सेवाग्राहीको सहजताको लागी उनीहरुलाई राखेको हो, हाम्रो कर्मचारी चैँ होइनन् है । तलब त उनीहरुकै संस्थाले खुलाउला नी ।’ 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update