
लमजुङ – बेसीशहरमा भएको तेस्रो 'मेयर कप' वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी बेसीशहर –२ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बेसीशहर –१० लाई शुन्यका बिरुद्ध १ गोल गरी वडा नं. २ ले उपाधी जितेको हो ।
खेलको पहिलो हाफको १४ औँ मिनेटमा बेनपा–२ का सुदिप सुनारले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए । सोहि गोल उपाधीका लागी निर्णायक बन्यो ।
विजेतासँगै वडा नं. २ को समूहले नगद एक लाख, मेयर कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. १० को समूहले भने, नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्बाधिक गोल कर्ता बनेका बेनपा–२ का खेलाडी सुदिप सुनार र उत्कृष्ट खेलाडी घोषित भएका बेनपा–१० का रवि गुरुङले नगद ५/५ हजार र स्वर्णपदक हात पारे ।
नगर खेलकुद विकास समितिको आयोजना र बेसीशहर नगरपालिकाको प्रायोजनमा सञ्चालित खेलमा नगरपालिका भित्रका ११ वडाको समूहले सहभागीता जनाएको समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए ।