TagaroNews
पिडित भनिएकी महिला भन्छिन् सामान्य भनाभनलाई अतिरन्जित गराई चरित्र हत्या गरियो 
सांकेतिक तस्बिर

सुन्दरबजार - लमजुङमा एक वडाध्यक्षले ४८ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको भनि सामाजिक सञ्जालमा फैलाइएको घट्ना झूटो भएको स्वयंम् महिलाले बताएकी छन् । 

तगारो न्युजसँग कुरा गर्दै उनले भनिन् ‘जेठ १४ गते बेलुकाको खाना खानको लागी सुन्दरबजार नपा– ९ स्थित चर्च नजिकै दाईको घरमा गएको थियो, फर्कदा बाटोमा वडा अध्यक्षसँग भनाभन पर्यो, घट्ना समान्य भएकाले मैले पनि आफनै भाईजस्तो लागेर केही बोलीन, तर, घट्नालाई अतिरन्जित बनाई मेरो चरित्र हत्या गर्ने काम भो ।’

उनले थपिन् ‘मैले प्रहरीमा उजुरी दिएको पनि छैन, कसैले मलाई एक रुपैँया दिएको पनि छैन् । यहाँ त पैसा खाई रे भन्दै मलाई घर र टोलबाटै निकाल्नुपर्छ भन्दै हिडेका छन् । सामान्य घट्नालाई लिएर मेरो चरित्रमाथि प्रश्न उठाउनेलाई खै के भन्नु ? उनले प्रश्न गरिन ।

समाचारमा किन तपाईको भनाई कोड गरि समाचार आए भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘सामाजिक सञ्जाल र समाचारमा आएको कुरा सबै झुटो हो, मलाई कसैले यो बारे केही सोधेको पनि छैन् न कसैले भेटेको नै छ । मलाई नै नसोधी मेरै बारेमा समाचार र टिप्पणी आउँदा दुख लागेको छ । म त खासै लेखपढ गर्न समेत जान्दिन कस्ले–कस्लाई के सुनायो थाहा पनि छैन ।’ 

उनले पुन थपिन् ‘म पनि यही समाजमा बस्नु पर्छ् यस्ता झुटा लान्छ्नाले मलाई झन अप्ठेरो बनाएको छ् सत्यतथ्य नबुझि मेरो चरित्र हत्या गर्नेहरुका बिरुद्ध म कानुनी प्रक्रियामा जान्छु ।’

घट्नाबारे बुझ्दा सुन्दरबजार नपा –८ का वडाअध्यक्ष बिजेन्द्र थापा भन्छन् ‘घटना केही होइन, सामान्य भनाभन नै हो, खै मसँग कस्को के दुश्मनी हो, या अन्य केही, वडा अध्यक्ष भनेर राजनितिकरण भएजस्तो लाग्छ । म पनि कानुनी उपचारमै लाग्छु चुप बस्दिन ।’

सो घट्ना जेठ १४ गते साँझ करिब ७ः३० बजे घटेको थियो । पिडित भनिएकी महिलाकै सहमतीमा उनको नाम र ठेगाना भने, गोप्य राखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update