TagaroNews
लमजुङ कारागारबाट फरार दुबैजना पक्राउ

बेसीशहर - लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए । 

फरार मध्यका जवरजस्ती करणी मुद्धाका मध्यनेपाल नपा–४ लमजुङका २७ बर्षिय विनोद विकलाई बिहिबार झण्डै ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो । 

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहिबार राती साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए । 

दुबैलाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ । 

यो पनि...

जिल्ला कारागार लमजुङबाट रातारात २ कैदी फरार

लमजुङ कारागारबाट फरार दुई कैदी मध्ये एक पक्राउ

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update