TagaroNews
लमजुङ कारागारबाट फरार दुई कैदी मध्ये एक पक्राउ

बेसीशहर  - लमजुङ कारागारबाट फरार भएका २ कैदीबन्दी मध्ये एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गएराती २ बजे कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर २ कैदी फरार भएका थिए । फरार मध्य जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ बर्षका विनोद विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट तैनाथ टोलीले झण्डै ९ घण्टाको अवधिमा बेसीशहर नपा –२ चिसापानीको जंगलमा हिडिरहेको अवस्थामा विकलाई फेला पारी पक्राउ पक्राउ गरेको हो ।

ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका गोरखा चुमनुब्री गापा– ३ का ३७ बर्षका चन्द्र बहादुर गुरुङ अझै फरार छन् । उनको खोजी कार्य भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । प्रहरीले जिल्लाका नाकाहरुमा समेत कडाई गरेको छ । 

यो पनि...

लमजुङ कारागारबाट फरार दुई कैदी मध्ये एक पक्राउ

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update