TagaroNews
जिल्ला कारागार लमजुङबाट रातारात २ कैदी फरार

बेसीशहर - जिल्ला कारागार लमजुङबाट रातारात २ कैदी फरार भएका छन् । बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर २ कैदी फरार भएका हुन् । 

भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा– ३ का ३७ बर्षका चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका २७ बर्षका विनोद विक रहेका छन् । फरार कैदीबारे गएराती २ बजे प्रहरीको डिउटी चेन्ज हुने समयमा थाहा पाएको कारागार प्रमुख जेलर कमलपति अधिकारीले बताए । 

उनले भने, ‘राती २ बजे प्रहरीको डिउटी चेन्ज हुन्छ, सो समयमा थाहा भयो, कैदी कतिबेला भागे र कसरी भागे अनुसन्धान र खोजी हुँदैछ ।’

विक ०७९ साउन २४ मा जवरजस्ती करणी मुद्दामा र गुरूङ ०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

कैदी फरार भएलगत्तै प्रहरीले खोजीकार्य तिव्र पारेको जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update