TagaroNews
ट्रेड युनियन कांग्रेस लमजुङलाई क्रियाशिल बनाइने 
पहिलो बैठक पश्चात समूहिक तस्बिर खिचाइदै ।

बेसीशहर – झण्डै एक दशक देखी अधिवेशन हुन नसकेको नेपाल ट्रेड युनियन कांग्रेस लमजुङमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वले ट्रेड युनियनमा आवद्ध सबै संघहरुलाई समावेसी ढंगले समन्वय र सहकार्यका साथ अघि बढाउने तयारी थालेको जिल्ला अध्यक्ष तिर्थराज तिवारीले बताए । 

उनले भने, ‘नयाँ नेतृत्व आएसँगै हामीले पहिलो बैठक मार्फत विगतको समितिलाई धन्यवाद दियौँ, नयाँ नेतृत्वलाई बधाईका साथ संगठन बिस्तारमा हौसला प्रदान गरेका छौँ, ट्रेड युनियन कांग्रेस मुल पार्टीलाई मजबुत बनाउने ठूलो संगठन हो, यसलाई थप मजबुत बनाउन हामी लाग्नेछौँ ।‘

अध्यक्ष तिवारीले श्रमजीवीका हक अधिकार, योगदानमा आधारित सामाजिक सुरक्षा एवं हरेक नीति निर्माण तहमा श्रमिक प्रतिनिधित्व सुनिश्चित हुनेगरी काम गर्ने बताए । 

जिल्लामा नयाँ नेतृत्व विस्तार भएकाले अब छिट्टै पालिका स्तरमा नयाँ समिति निर्माण गरी संगठन बिस्तारमा लाग्ने जिल्ला सचिव किरण देवकोटाले बताए । 

पहिलो बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य सँगै ट्रेड युनियन कांग्रेसमा आबद्ध संस्थाका अध्यक्षहरु, संघिय र प्रदेश प्रतिनिधि लगाएतको उपस्थिति थियो । 

ट्रेड युनियन कांग्रेसको श्रमिक हक अधिकार स्थापित गर्न, सामाजिक सुरक्षा लागु गर्न, श्रमजीवीको हितमा ऐन कानुन निर्माण, सामाजिक एवं राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका रहदै आएको छ ।

आवद्ध संघहरुको समूह 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update