
काठमाडौं- सरकारले पोखरादेखि मनाङसम्म पदमार्ग निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा पदमार्ग निर्माण गरिने बताएका हुन् ।
पर्यटन प्रबर्द्धनमा यो क्षेत्र उत्कृष्ट रहेकाले यसलाई विशेष प्राथमिकतामा राखेर पदमार्ग निर्माण गरिने समेत बताइएको छ ।
पर्यटकिय हिसाबले पनि यो क्षेत्र नेपालकै उत्कृष्ट गन्तव्य मध्यमा पर्छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्