TagaroNews
अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौं - सरकारले नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलिने भएको छ। सोमबार आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले उद्योग दर्तालाई अनलाइनबाटै गर्न सकिने र नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइएको बताए।

अनलाइबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था मिलाउने भएको छ । कम्पनी खोल्न र बन्द गर्न झन्झटलाई हटाउन आगामी आर्थिक वर्षमा अनलाइबाट कम्पनी दर्ता र खारेजी व्यवस्था मिलाउने अर्थमन्त्री महतले जानकारी दिए।

अब न्युनतम १ सय रुपैयाँ पुँजी रकम राखेर पनि कम्पनी खोल्न सकिने बजेटमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update