TagaroNews
लमजुङ कारागारबाट ३ कैदीलाई आममाफी

बेसीशहर - गणतन्त्र दिवसको अवसर पारेर जिल्ला कारागार लमजुङबाट ३ जना कैदीले आममाफी पाएर रिहा भएका छन् । कारागारमा रहेका कैदीमध्ये रिहा हुनेहरुमा दुधपोखरी गाउँपालिका– ३ का अर्जुन गुरुङ, सुन्दरबजार नगरपालिका– ५ का बल बहादुर गुरङ र मर्स्याङदी गाउँपालिका–४ का मंगल बहादुर गुरुङ रहेका छन् ।

जेलमुक्त भएकाहरुमा अर्जुन र बल बहादुरले सवारी ज्यान मुद्धामा र मंगल बहादुरले भने, डाँका चोरी मुद्धामा कैद भुत्तान गरिरहेका थिए । गणतन्त्र दिवसको अवसरमा सरकारले प्रत्येक वर्ष असल चालचलन भएका कैदीको कैद माफी दिँदै आएको जिल्ला कारागार लमजुङका प्रमुख जेलर कमलपति अधिकारीले बताए । 

मन्त्रिपरिषद्को सिफारिसमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने व्यवस्था रहेको  छ ।

जिल्ला कारागार लमजुङमा ६ महिला र ८४ जना पुरुष गरी ९० जनाले कैद सजाय भोगीरहेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update