TagaroNews
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं- श्रीच्छा प्रधान मिस नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । 

त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।

उनलाई मिस नेपाल प्रियंका जोशी रानाले रानाले ताज पहिर्‍याइ दिएकी छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update