TagaroNews
पहिरोले ३३ केभी लाइनमा क्षतिः मनाङको सदरमुकाम चामे क्षेत्र अन्धकार

मनाङ – अविरल वर्षासँगै आएको पहिरोले ३३ केभी वितरण लाइनमा क्षति पुर्याउँदा मनाङ सदरमुकाम चामे क्षेत्रको विद्युत सेवा अवरुद्व भएको छ । बुधबार (जेठ १० गते) वर्षासँगै गएको पहिरोले मनाङ जिल्लाको ३३ केभी राधी–स्यार्क्यू प्रसारण लाइनमा क्षति पुर्याउँदा सेवा अवरुद्व भएको हो ।

जिल्लाको नासोँ गापा–१ सिरान ताल नजिक पहिरो जाँदा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको मनाङ वितरण केन्द्रका फोरमेन धर्मराज महर्जनले बताए ।  बुधबार बेलुकी ५ बजेतिर झरेको पहिरोले प्रसारण लाइनको पोल नै ढालेको र पहिरो सडकमै झरी बाटो र विद्युती पोलमा क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार यसको मर्मतका लागि टोली खटाइएको र मर्मत गर्न २/३ दिन लाग्ने छ ।

विद्युतीय पोल ढलेपछि जिल्लाको सदरमुकाम चामेमा विद्युत सेवा अवरुद्ध भएको छ । सेवा बन्द हुँदा यी लाइनबाट वितरण हुने सम्पूर्ण क्षेत्र प्रभावित भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update