
काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
त्यस्तै दशरथ रंगशालामा हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १०:३९
प्रतिक्रिया दिनुहोस्