TagaroNews
प्रतिनिधि सभा बैठक बस्दै, के छन् कार्यसूची ?
फाइल तस्बिर

काठमाडौं – प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ ।

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका थिए । आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update