TagaroNews
तगारो न्युज प्रभावः मकैडाँडाको ‘डिस्प्ले बोर्ड’ उचित व्यवस्थापन गर्न माग
नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय क्वलका यूवा ।

बेसीशहर - पर्यटकीय नगरी बेसीशहर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न भन्दै बेसीशहर नगरपालिकाले उपल्लो मकैडाँडामा निर्माण गरेको ‘डिस्प्ले बोर्ड’ लाई उचित ठाउँमा व्यवस्थापन गर्न स्थानीय यूवाहरुले माग गरेका छन् । 

केहि समय अघि यस तगारो न्युजमा ‘मकैडाँडामा २५ लाखको बेकामे डिस्प्ले बोर्ड’ शीर्षकमा समाचार प्रकाशित समेत भएको थियो । 

बेसीशहर नगरपालिका लेखिएको उक्त ‘डिस्प्ले बोर्ड’ले बेसीशहर बजारको मनोरम दृश्य देखिने भ्यू प्वाइन्टको प्राकृतिक सुन्दरतानै विगारेको भन्दै उचित व्यवस्थापन गर्न स्थानीय यूवाहरुले नगर प्रमुख गुमानसिंह अर्याललाई ज्ञापनपत्र नै बुझाएर माग गरेका हुन् ।

नगरपालिकाले उक्त डिस्प्ले बोडका लागि अर्धदक्ष प्राविधिकद्वारा इस्टमेट गरेको र सम्बन्धि अनुभव नै नभएका निर्माण कम्पनीले ठेक्का लिएर सरकारी रकमको दुरुपयोग भएको भन्दै उक्त ‘डिस्प्ले बोर्ड’ अन्यत्र र उचित ठाउँमा ब्यवस्थापन गर्न स्थानिय क्लवले माग गरेको छ । क्लवका अध्यक्ष शुक्रबहादुर विकको नेतृत्वमा नगरप्रमुख गुमानसिंह अर्याललाई भेटी ज्ञापन पत्र बुझाएको क्लवले जनाएको छ ।

नगरपालिकाले आ.व.०७८/०७९ को बजेटबाट वडा नं. ६ स्थित उत्त डाँडामा २५ लाख खर्च गरी १० मिटर अग्लो र झण्डै ६० मिटर लामो ‘डिस्प्ले बोर्ड’ तयार गरेको हो ।  निर्माण सम्पन्न भनिएको उत्त डिस्प्ले बोर्डले पर्यटक आकर्षित गर्न त, परे जाओस, झन एकातिर सो क्षेत्रको कुरुपता थपिदिएको छ भने, अर्कोतिर दुर्घटनाको जोखिम बढाइदिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update