TagaroNews
लमजुङका सर्वसाधारणलाई अप्पर स्याङ्गेको सेयर खुल्यो,  जेठ १६ सम्म आवेदन

बेसीशहर – अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गरेको हो । 

जारी पूँजी २२ करोड मध्येको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र मस्र्याङ्दी गाउँपालिका (साविक घनपोखरा १ र २ सँगै वडा नम्बर ३,४,५,६,७,८ र ९)का बासिन्दाहरूका लागि निष्कासन गरिएको हो ।

बाँकी २९ दशमलव ५५ प्रतिशत अर्थात ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता सेयर वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि बिक्री खुल्ला गरेको कम्पनीले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।

प्रभावित स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा ३० गतेसम्म आवेदन सक्नेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले जेठ १६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update