TagaroNews
गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

गोरखा- गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना  घाइते भएका छन् । काठमाडौंबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । 

दुर्घटनामा जीपमा रहेकी त्यही ठाउँकी ७८ वर्षकी किरमाया आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा गण्डकी गाउँपालिका ६ कै ७७ वर्षकी कनमाया आले, ७८ वर्षका धनबहादुर आले, ८१ वर्षका तीर्थबहादुर आले, ७२ वर्षका पूर्णबहादुर थापा र ६५ वर्षकी गंगामाया थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

घाइतेहरुको चितवन भरतपुरमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update