TagaroNews
तनहुँमा इनार सफा गर्ने क्रममा युवकको मृत्यु

तनहुँ-  तनहुँको  नगरपालिका-१३ पोखरीभञ्ज्याङमा इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-७ का २७ वर्षीय बिपिन भनिने छत्र बहादुर आले रहेको तनहुँ प्रहरीले जनाएको छ ।

आले सोही पोल्ट्री फार्मको कम्पाउण्डमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन कमीका कारण अचेत भएपछि तत्काल उनको उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

आले पोखरीभञ्ज्याङका मानबहादुर आलेले सञ्चालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका थिए । 

अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले आलेलाई मृत घोषणा गरेका थिए । मृत आलेको शव आइतबार परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update