TagaroNews
टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझी पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘आफन्तको घरमा लुकिछिपीरहेको अवस्थामा रायमाझीलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको छ ।’ प्रहरीले आफन्तको बारेमा भने खुलाएको छैन । 

प्रहरीले सांसद रायमाझीविरुद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । एक कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी वैशाख २० गते साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए । पक्राउ पर्ने सम्भावना बढेपछि अन्तिम समयमा टिकट रद्द गरेर उनी फरार भएका थिए । सोही दिन रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका रायमाझीलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरिसकेको छ । यस प्रकरणलाई एमालेले ‘राज्यविरुद्धको अपराध’ भएको ठहर गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update