TagaroNews
लमजुङ : चक्कु प्रहार गरी हत्याको अभियोगमा एक जना पक्राउ

लमजुङ - प्रहरीले हत्याको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  लमजुङको मध्यनेपाल नपा- ८ स्थित  मिदिम खोला जलविद्युत आयोजनामा कार्यरत खोटाङ घर भएका ३० बर्षिय अर्जुन रम्तेल रहेका छन् ।

शुक्रबार राती करिब १०:३० बजे सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ बर्षिय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए । गम्भिर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

शवलाई पोस्टमार्टमको लागि गण्डकी हस्पिटल पोखरामा राखिएको छ । चक्कु प्रहार गर्ने रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update