TagaroNews
तनहुँमा १२ दिनदेखि हराएका गुरुङ मृत भेटिए

तनहुँ-  तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका ५९ बर्षिय सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । 

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १ सय ११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । -रासस 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update