
दाङ - दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- १४ का बर्ष १४ का बिनोद चौधरी रहेका छन् । शुक्रबार तुलसीपुर-१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट बालक खसेका थिए ।
ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्