TagaroNews
पोखराको चरक मेमोरियल हस्पिटलमा प्रहरीलाई सहुलियतमा सेवा 
अस्पताल प्रमुख र प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख बिचको भेटवार्ता ।

पोखरा – पोखराको चरक मेमोरियल हस्पिटलले नेपाल प्रहरीलाई सहुलियमा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । नेपाली नागरिकको जिउधनको सुरक्षार्थ २४ सै घण्टा अहोरात्र खटिने राष्ट्र सेवकहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले यस्तो निर्णय गरेको हो । 

प्रहरी अस्पतालद्वारा रिफर भई आएको अवस्थामा ओपिडि शुल्कमा ५० प्रतिशत छुट, ल्याबोरेटरी, रेडियोलोजि, बेड चार्ज तथा अपरेशन शुल्कमा २० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत छुट साथै ड्युटिको सिलसिलामा दुर्घटनामा परेका प्रहरी कर्मचारीलाई निःशुल्क आकस्मिक उपचार प्रदान गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.राजा बाबु लंकाले बताए । उनका अनुसार प्रहरी आश्रीत परिवारलाई ल्याबोरेटरी, रेडियोलोजी, बेड तथा अपरेशन शुल्कमा २० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत लंकाले बिहिबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महनिरीक्षक बुद्धिराज गुरुङ सँग भेटघाट गरी सहुलियत स्वास्थ्य सेवा दिन शुरु गरेको जानकारी गराएका हुन् ।  पोखरा नागढुङ्गामा रहेको यस अस्पतालले दिने उक्त सहुलियतको लागि सेवाग्राही प्रहरी कर्मचारीले आफ्नो प्रहरी परिचय पत्र अनिवार्य रुपमा देखाउनुपर्ने अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update