
काठमान्डौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज मलेसियामा हुनेछ ।
प्रतियोगिता २९ मेमा सुरु भएर ४ जुनमा सकिनेछ । सिरिजका सबै खेल बाइएसडी–यूकेएम ओभलमा हुने क्यानको भनाइ छ ।
पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए । यस्तै गत असारमा नेपालले एसिसी महिला टी–२० च्याम्पियनसिप खेलेको थियो । मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा वर्षा वाधक बन्दा नेपाल युएईसँग पछि परेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १६:२६
प्रतिक्रिया दिनुहोस्