TagaroNews
लमजुङः सुपर खुदी हाइड्रोमा खटाउन इन्जिनियर, सर्वेक्षक र भुगर्भविदको माग

लमजुङ – सुपर खुदी हाइड्रो पावर प्रालिले लमजुङमा निर्माणाधीन आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको छ । कम्पनीले जिल्लाको मर्स्याङदी गाउँपालिकामा निर्माणाधीन २६ मेगावाटको आयोजनामा खटाउन कर्मचारी माग गरेको हो ।

आयोजनाका लागि एक जना स्थानीय इन्जिनियर, ४ जना सिभिल इन्जिनियर, २ जना सर्वेक्षक र २ जना भुगर्भविदका लागि आवेदन माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीय इन्जिनियरका लागि सिभिल/हाइड्रो पावर इन्जिनियरीमा स्नाकोत्तर गरी ५ वर्ष अनुभव भएको वा सिभिल इन्जिनियरीङ स्नातक गरी जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरमा  स्नातक तह उतिर्ण गरी ३ वर्षको अनुभव, सर्वेक्षकका लागि सर्वे इन्जिनियरीङमा स्नातक उतिर्ण गरी ३ वर्षको अनुभव वा डिम्लोमा गरी ५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

भुगर्भविदका लागि भू–विज्ञानमा स्नाकोत्तर उतिर्ण गरी ३ वर्षको अनुभव वा भु–विज्ञानमा स्नातक गरी सुरुङ आयोजनामा ५ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुकले जेठ २ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताकोे प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदमध्ये प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगरीको अवसर पाउनेछन् । अन्य जानकारीका लागी तलको लिंक खोल्न सकिनेछ । 

https://www.nwrmap.info/company/super-khudi-hydropower-copvt-ltd

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update