TagaroNews
राइनासः हर्राबोट–प्यारजुङ सडक खण्ड शुक्रबारदेखी बन्द 
फाइल तस्बिर ।

राइनास – पूर्वी लमजुङको राइनास नगरपालिका स्थित हर्राबोट–प्यारजुङ सडक खण्ड बन्द हुने भएको छ । उक्त सडक खण्ड अन्तर्गत राइनास नपा–८ मा पर्ने बगुवामा खसेको पहिरो निणन्त्रणका लागी सडक मर्मत गर्नुपर्ने भएकाले सडक खण्ड बन्द गरिने भएको हो ।

राइनास नगरपालिकाले एक सुचना निकाल्दै सडक मर्मतका लागी भोली (शुक्रबार २९ गते ) देखी अर्को सुचना प्रकाशन नभएसम्म सडक खण्ड अन्तर्गतका सम्पर्ण सवारी साधन आवत जावत बन्द रहने जनाएको छ । 

नगर प्रमुख खड्ग बहादुर गुरुङका अनुसार बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गरी मर्मतको कार्य गरिनेछ । सो अवधिमा दुई पाङग्रे तथा साना चार पाङग्रे सवारी साधनले राइनासकोट, गौडा जान धमिलिकुवा–सालफेदी–लुपुगाउँ–मोहोरियाकोट जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update