
काठमाडौं – नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर फेक अडियो बनाएको भन्दै साइबार व्युरोमा उजुरी दिएकी छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै व्युरोमा निवेदन दिएकी हुन् ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट नियोजित उद्देश्यले आएको उनले उजुरीमा दाबी गरेकी छन् । उनले उक्त अडियो नियोजित ढंगले रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।
प्रहरीले उक्त निवेदन दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्