TagaroNews
लमजुङ : सिउँडीबार चोकमा सवारी दुर्घटनामा परी एक युवती गम्भिर

सुन्दरबजार – लमजुङको भोटेवडार सिउँडीबार चोकमा सवारी दुर्घटनामा परी एक युवती गम्भिर घाइते भएकी छन् । गम्भिर घाईते हुनेमा बेसीशहर नपा–१ उदिपुरकी २१ बर्षिय सुस्मिता श्रेष्ठ रहेकी छन् । 

सुन्दरबजार नपा–९ मा आज मंगलबार बिहान ११ः२० बजे सुन्दरबजारबाट सिउँडीबार तर्फ आउँदै गरेको ग.प्र.०४–००१ ख ००३७ नम्बरको ट्रकलाई एउटै दिशाबाट आउँदै गरेको ग १८ प ८२९७ नम्बरको स्कुटरले ओभर टेक गर्दा बिपरित दिशाबाट जाँदै गरेको प्र.०३–०२–००१ प८५६४ नम्बरको मोटरसाइकलमा ठोक्किन पुग्दा स्कुटर ट्रक भित्र छिर्न पुगी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा स्कुटर चालक रहेका सुन्दरबजार–६ का ३२ बर्षिय सुक बहादुर श्रेष्ठ सामान्य घाइते रहेको र पछाडी बस्ने सुस्मिता श्रेष्ठको भने, देब्रे खुट्टा भाँचिएको र ट्रकको टायरले छुँदा पेटमा गम्भिर चोट लागेको छ । श्रेष्ठलाई भोटेवडार हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन लगिएको इलाका प्रहरी कार्यालय भोटेवडारका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सेनाले बताए । 

मोटरसाइकल चालक सुन्दरबजार ९ का २८ बर्षिय मनिश परियारको अवस्था भने सामान्य छ । ट्रक चालक भने, सर्लाहीको बागमती नपा–१२ बस्ने ३२ बर्षिय रुपलाल विक रहेका छन् । चालक र सवारी सबै इलाका प्रहरी कार्यालय भोटेवडारले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।  

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update