TagaroNews
डिएसपी नै प्रहरी नियन्त्रणमा
डिएसपी ठगबहादुर केसी ।

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक 'डिएसपी' ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक  'एसपी' कमल थापाका अनुसार डिएसपी केसीलाई ब्यूरोको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको छ।

ब्यूरोको टोलीले उनीसँग नौ लाख ५० हजारको चेक, ३५ तोला सुन र ८ लाख ५० हजार नगद फेला पारेको बताइएको छ। घटना तथा यसको कनेक्सनका सम्वन्धमा अनुसन्धान भइरहेको एसपी थापाले बताए।

इलाका प्रहरी कार्यालय बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। करिब १३ महिनाअघि केसी बुटवल आएका थिए।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update