
लमजुङ – लमजुङका स्थानीयका लागी अप्पर स्याङ्गे हाइड्रो पवार लिमिटेडले जेठ १ गतेदेखि साधरण सेयर निष्कास गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
जारी पुँजीको २२ करोड रकम मध्येको १० प्रतिशत अर्थात २ करोड २० लाख रकम बराबरको सय रुपैयाँ अंकित २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागी निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले मर्स्याङदी गापा ( वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ ) का स्थानीय बासिन्दा सहित वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि बाँकी रहेको २९.५५ प्रतिशत अर्थात ६ करोड ५० लाख रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख ५० हजार कित्ताको १० प्रतिशतश अर्थात ६५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
स्थानीयले न्यूतम १० कित्ता देखि अधिकत्तम १ लाख कित्ता सम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ ३० गते सम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजागारीमा गएका नेपाली नागरिककले जेठ १६ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।