TagaroNews
सिम्रिक एयरका  हेलिकप्टर उडानमा रोक
फाइल तस्बिर ।

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।

गत शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update