TagaroNews
सरकार प्रेस स्वतन्त्रताको पक्षमाः प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सञ्चारसम्बन्धी नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

८ औं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन् । 

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उनको भनाइ छ । शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ’पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update