TagaroNews
डीभी लोटरीको नतिजा आज, छानिएको जानकारी अमेरिकाले इमेलमा दिँदैन 

काठमाडौं- सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा डीभीको नतिजा आज राति प्रकाशित हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे डीभीके नतिजा आउने छ । रिजल्ट आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ । 

अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परेरनपरेको हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी सोही  साइटमा उपलब्ध हुने छ ।

डीभी परेको भन्दै विभिन्न अपरिचित व्यक्ति, समूहले इमेल, फोनसमेत गर्ने गरेका छन् । यस्तोमा विश्वास नगर्न काठमाडौं स्थित अमेरिकी दूतावासले आग्रह गरेको छ । 

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् । डीभी लोटरी अमेरिकाको ग्रीनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।

कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update