TagaroNews
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।  सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । रास्वपा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।

तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update